एजेन्सी । दक्षिण कोरियामा सात महिनासम्म लगातार रोजगारीको दर बढेको छ ।
दक्षिण कोरियाको तथ्याङ्क विभागले हिजो सार्वजनिक गरेको विवरणअनुसार जुलाई अर्थात गएको १ महिनामा १५ वर्ष वा त्योभन्दा माथिका १ लाख ७१ हजार व्यक्तिले रोजगारी पाएका हुन् ।
यसले गर्दा कुल रोजगारी प्राप्त गर्नेको सङ्ख्या २ करोड ९० लाख २९ हजार पुगेको छ ।
यो गएको वर्षको यही अवधिको तुलनामा शून्य दशमलव ६ प्रतिशतले बढी हो । यद्यपि अघिल्लो महिनाको तुलनामा यो वृद्धिदर केही सुस्त भएको देखिन्छ ।