Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ट्रम्प–पुटिन अलास्कामा भेट्दै, युक्रेन युद्धबारे निर्णायक वार्ताको तयारी

ट्रम्प–पुटिन अलास्कामा भेट्दै, युक्रेन युद्धबारे निर्णायक वार्ताको तयारी

शुक्रवार , श्रावण ३०, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन युद्ध रोक्ने विषयमा छलफल गर्न आज राति अलास्काको एन्कोरेजमा भेट्दैछन् ।

नेपाली समयअनुसार बैठक साढे १ बजे सुरु हुनेछ ।

वासिङ्टनबाट अलास्का प्रस्थान अघि ट्रम्पले ट्रुथ सोसलमा “धेरै कुरा दाउमा छ१” भनेर लेखेका छन्।

उता, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एक्समार्फत ट्रम्पको भनाइ दोहोर्‍याउँदै बैठकलाई “साँच्चै धेरै महत्त्वपूर्ण” बताएका छन् ।

जेलेन्स्कीले यो वार्ताले “न्यायपूर्ण शान्तिको बाटो खोल्ने” र युक्रेन–अमेरिका–रुसबीच त्रिपक्षीय बैठक हुने आशा व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077