Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अल्जेरियामा बस नदीमा खस्दा १८ जनाको मृत्यु

अल्जेरियामा बस नदीमा खस्दा १८ जनाको मृत्यु

शनिवार , श्रावण ३१, २०८२

एजेन्सी। अल्जेरियाको राजधानीनजिकै बस पुलबाट नदीमा खस्दा १८ जनाको मृत्यु भएको छ।

यात्रु बोकेको बस पुलबाट नदीमा खस्दा ठूलो क्षति भएको हो। दुर्घटना शुक्रबार साँझ भएको हो । दुर्घटनामा धेरैजना घाइते भएका छन् ।

घाइतेहरुमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको बताइएको छ । उद्धारकर्मीहरूले अबेर रातिसम्म नदीमा उद्धार कार्य जारी राखेका थिए।

यस दुःखद घटनापछि अल्जेरियाका राष्ट्रपति अब्देलमाजिद तेब्बौनेले मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। दुर्घटनाको कारणबारे विस्तृत जानकारी आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077