एजेन्सी । पाकिस्तानमा अत्यधिक वर्षापछी आएको बाढीमा २०० जनाको मृत्यु भएको छ ।
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्त, दीर, बाजौर र एबटाबाद जिल्लामा बिगत केही दिनदेखी जारी वर्षापछी आएको बाढीले ती जिल्लाहरु प्रभावित भएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ती जिल्लाका सयौं नागरिकहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ । ६० भन्दा बढी मानिस घाइते भएका छन् भने दर्जनौअझै बेपत्ता छन्।
बाढीका कारण केही समयका लागि बिद्यालय र कलेज समेत बन्द गरिएका छन् । पाकिस्तानको निलम नदीको जलस्तर बढेकाले बस्तीसम्म प्रवेश गरेको छ ।
यसैबीच पाकिस्तानका मुख्यमन्त्री अली अमीन गंडापुरले पाकिस्तानका अधिकांश जिल्लामा हाइ अर्लट जारी गर्दै सतर्कता अपनाउन अपील गरेको छ ।