Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

बीमा प्राधिकरण अध्यक्ष शरद ओझाको अनुभव नपुग्ने निष्कर्ष, पद धरापमा

बीमा प्राधिकरण अध्यक्ष शरद ओझाको अनुभव नपुग्ने निष्कर्ष, पद धरापमा

आइतवार , भाद्र १, २०८२

काठमाडौँ । बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझाको अनुभव पर्याप्त नपुग्ने भन्दै छानबिन समितिले प्रतिवेदन सरकारलाई बुझाएको छ ।

मन्त्रिपरिषद्ले गत असार ३० मा उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिमा पूर्वसहसचिव जीवनप्रकाश सिटौला र बीमा समितिका पूर्व बोर्ड सदस्य कपिलदेव ओली सदस्य रहेका थिए ।

समितिले साउन ३० मा प्रतिवेदन बुझाउँदै ओझाले प्राधिकरणको अध्यक्ष बन्न आवश्यक अनुभव नपुगेको ठहर गरेको हो । अध्ययन र छानबिनका आधारमा ओझाको अनुभव अपूरो देखिएको स्पष्ट भएको बताइएको छ ।

समितिको प्रतिवेदन अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बुझाइएपछि अर्थ मन्त्रालयले ओझासँग स्पष्टीकरण मागेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077