काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता तथा हाल महाराष्ट्र राज्यका राज्यपाल सीपी राधाकृष्णनलाई राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) ले उपराष्ट्रपति पदको उमेदवार घोषणा गरेको छ ।
भाजपा अध्यक्ष जेपी नड्डाले औपचारिक रूपमा यो घोषणा गरेका हुन् ।
जीतन राम माझीले पनि सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै यो जानकारी दिए ।
राधाकृष्णन चार दशकभन्दा बढी समयदेखि राजनीति र सामाजिक जीवनमा सक्रिय छन् ।
उनलाई तमिलनाडुको सम्मानित राजनीतिक व्यक्तित्व मानिन्छ ।