काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि ट्रमा सेन्टरबाट स्वास्थ्यकर्मी कारागारमै बोलाएर परीक्षण भइरहेको र जाँच गर्नका लागि रगत अस्पताल पठाइएको छ ।
रास्वपा नेता दिपक बोहरा भने- 'उहाँको रुपन्देहीबाट ल्याउँदा हातका छालाहरू पहेँलो भएको थियो । लामो समय बाहिर निस्कन नपाएको कारणले पनि हुनसक्छ । अहिले रगत परीक्षण हुँदैछ ।'
लामिछानेलाई दुई दिन अघिमात्रै भैरहवा कारागारबाट स्थानान्तरण गरेर नख्खु कारागार ल्याइएको थियो ।