Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

ट्रम्प र जेलेन्स्कीबीच ह्वाइट हाउसमा भेटवार्ता, होला त युद्ध समाप्त ?

ट्रम्प र जेलेन्स्कीबीच ह्वाइट हाउसमा भेटवार्ता, होला त युद्ध समाप्त ?

मंगलवार , भाद्र ३, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा भएको भेटवार्तामा रुस–युक्रेन युद्धविरामको विषयमा गम्भीर छलफल भएको छ ।

यस पटक जेलेन्स्की एक्लै थिएनन्, बरु युरोपेली नेताहरू समेत उनको साथमा थिए। भेटमा राष्ट्रपति ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकट भविष्यमा भेटवार्ता गर्ने तयारी भएको बताउँदै, “हामी धेरै मानिसलाई मृत्युबाट बचाउन चाहन्छौं। शान्ति हाम्रो आफ्नै हातमा छ, चाहे यो कठिन किन नहोस्,” भने।

ट्रम्पका अनुसार अलास्का शिखर सम्मेलनको क्रममा पुटिनले युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिने विषयमा सकारात्मक संकेत दिएका थिए।

आउँदो अगस्ट २२ मा ट्रम्प, जेलेन्स्की र पुटिनबीच त्रिपक्षीय बैठक हुने अपेक्षा गरिएको छ, जसमा सुरक्षा ग्यारेन्टी, सीमासम्बन्धी विवाद, युद्ध क्षेत्र र सम्भावित भूमि आदानप्रदानका विषयमा पनि छलफल हुनेछ।

यसअघि भएको ट्रम्प–जेलेन्स्की–युरोपेली नेताहरूको बैठकले युद्धविरामको सम्भावनालाई थप प्रबल बनाएको छ। तर, यसको वास्तविक परिणाम पुटिनसँगको आगामी भेटवार्तामा निर्भर रहनेछ।

ट्रम्पले अन्ततः शान्ति सम्झौताको निर्णय युक्रेनी जनता र राष्ट्रपति जेलेन्स्कीको हातमा रहेको स्पष्ट पारे। अन्तर्राष्ट्रिय समुदायले यसलाई रुस–युक्रेन युद्ध अन्त्यतर्फको महत्वपूर्ण कदमका रूपमा लिएको छ।

यस्तै बैठकको अन्त्यमा उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरेका थिए । उनले पुटिन र जेलेन्स्कीबीच हुने बैठकको तयारी थालिएको जानकारी दिए ।

उक्त बैठकपछि दुई राष्ट्रपति र आफू सहभागी हुने त्रिपक्षीय सम्मेलन आयोजना गरिने उनले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077