Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

युरोपेली पैसाबाट ९० अर्ब डलरको अमेरिकी हतियार किन्ने युक्रेनको तयारी

युरोपेली पैसाबाट ९० अर्ब डलरको अमेरिकी हतियार किन्ने युक्रेनको तयारी

मंगलवार , भाद्र ३, २०८२

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली नेताहरूसँगको भेटवार्तामा युक्रेनको सुरक्षा योजनाबारे व्यापक छलफल भएको बताएका छन्।

बैठकमा युक्रेनले युरोपेली सहयोगमार्फत ९० अर्ब डलर बराबरको अमेरिकी हतियार खरिद गर्ने विषयमा कुरा भएको छ ।

सुरक्षाको अर्को आयामस्वरूप युक्रेनले आफ्नै उत्पादनका ड्रोन बजारमा ल्याउने तयारी गरेको र तीमध्ये केही ड्रोन अमेरिकाले नै खरिद गर्ने सम्भावना रहेको जेलेन्स्कीले जानकारी दिए ।

यद्यपि, उनले यो योजना अझै छलफलमै रहेको र अन्तिम सम्झौता नभएको प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077