Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

ट्रम्पसँग कुरा गर्न जेलेन्स्कीलाई युरोपेली नेताहरूले तालिम दिएको खुलासा

ट्रम्पसँग कुरा गर्न जेलेन्स्कीलाई युरोपेली नेताहरूले तालिम दिएको खुलासा

मंगलवार , भाद्र ३, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुरा गर्न युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई तालिम दिइएको खुलेको छ ।

सोमबार ह्वाइट हाउसमा भएको भेटवार्ता अघि युरोपेली नेताहरूले जेलेन्स्कीलाई ट्रम्पसँग कसरी कुरा गर्ने भन्ने बारेमा तालिम दिएका हुन् ।

ट्रम्पसँग कसरी कुरा गर्ने भन्ने बारेमा युरोपेली नेताहरूले जेलेन्स्कीलाई तयार पारेको बताइएको छ । बेलायती प्रधानमन्त्री स्टारमरले यस विषयमा जेलेन्स्कीलाई विशेष सल्लाह दिएका थिए ।

उनले जेलेन्स्कीलाई हतियार र कूटनीतिक सहयोगको लागि ट्रम्पलाई धन्यवाद दिन आग्रह गरेका थिए । मेलानिया ट्रम्पलाई उनकी श्रीमतीको तर्फबाट पत्र हस्तान्तरण गर्नु पनि यसै तालिमको एक हिस्सा थियो ।

आलोचनाबाट बच्न स्टारमरले उनलाई लडाकू पोशाकको सट्टा सुट लगाउन सल्लाह दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077