Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

माओवादी दलको कार्यालयमा विपक्षी दलको बैठक

माओवादी दलको कार्यालयमा विपक्षी दलको बैठक

मंगलवार , भाद्र ३, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विपक्षी दलको बैठक बोलाएका छन् ।

सत्तारुढ दलले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन तयारी गरेको भनिएको बेला दाहालले विपक्षी दलको बैठक बोलाएका हुन् ।

सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बैठक बस्नेछ ।

बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादीसहित रास्वपा, एकीकृत समाजवादी लगायतको सहभागिता रहने बताइएको छ ।

उपसभामुख इन्दिरा रानामगरमाथि महाभियोग लगाउने सत्ताधारी दलको पछिल्लो क्रियाकलापको विरोध गर्ने विपक्षीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077