Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

उपसभामुखलाई हटाउने अभियानमा कांग्रेसकै सांसदहरुले दिएनन् साथ, सत्तापक्ष र प्रतिपक्षको छुट्टाछुट्टै बैठक

उपसभामुखलाई हटाउने अभियानमा कांग्रेसकै सांसदहरुले दिएनन् साथ, सत्तापक्ष र प्रतिपक्षको छुट्टाछुट्टै बैठक

मंगलवार , भाद्र ३, २०८२

काठमाडौं । उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउन भन्दै सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदलाई आज दिनभर खाली पानामा हस्ताक्षर गराए ।

हस्ताक्षर गरेर फर्किदै गरेका नेकपा एमाले तथा नेपाली कांग्रेसका कतिपय सांसदहरुले रानालाई हटाउने अभियान सुरु गरेको बताए भने कतिपय थाहा नै नभएको भन्दै पन्छिएका थिए ।

एमालेका सांसद गोकुल बास्कोटाले पार्टीको निर्देशन अनुसार संसदीय दलको कार्यालयमा उपस्थित भएको बताउँदै भनेका छन्–‘निर्देशन अनुसारको काम गरियो । सूचना थाहा भएन ।’

यता, नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले भने उपसभामुख इन्दिरा रानालाई हटाउन आवश्यकता परेको प्रतिक्रिया दिएका छन् ।

सिंहदरवारमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने–‘अहिले आवश्यकता पर्यो । अहिले हटाउन सुरु गर्यौं । हस्ताक्षर गर्न दलले निर्देशन दियो । हस्ताक्षर गर्यौं ।’

तर, हस्ताक्षर गर्ने विषयमा नेपाली कांग्रेसभित्र भने मतभेद देखिएको छ। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा कांग्रेस सांसदलाई आकस्मिक रुपमा उपस्थित हुन भन्दै हस्ताक्षरका लागि डाकिएको थियो।

हस्ताक्षर गर्नका लागि कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित केही सांसद गएनन्। खासगरी कांग्रेस इतर समूहका सांसदहरू हस्ताक्षर गर्न नगएका हुन्।

कोइरालानिकट सांसद सञ्जय गौतमले उपसभामुखलाई हटाउनका लागि भनेर हस्ताक्षर गर्ने भनेर कुनै सल्लाह नभएको जानकारी दिए।

हस्ताक्षर गर्नका लागि शेखर समूहबाट सांसद दीलेन्द्र बडूमात्रै दलको कार्यालय पुगेका छन्। प्रतिनिधिसभामा कांग्रेसका ८८ जना सांसद छन्।

[insert page='362828' display='yopanipadhnuhos.php']

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि उपसभामुखलाई हटाउने निर्णयमा कांग्रेस–एमाले पुगेका थिए।

उक्त राजनीतिक संयन्त्रको छलफलमा प्रधानमन्त्री र कांग्रेस उपसभामुख पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक सहभागी थिए। संयन्त्रको सदस्य भए पनि कांग्रेस महामन्त्री थापा सहभागी थिएनन्।

यसअघि पनि कांग्रेस–एमालेले उपसभामुखलाई हटाउने तयारी गरेका थिए। ०८१ भदौ २५ गते कांग्रेस कोइराला समूहले असन्तुष्टि जनाएसँगै रोकिएको थियो।

अहिले कांग्रेस, एमालेसँगै सत्तापक्ष दलको बैठक कांग्रेस संसदीय दलको कार्यालयमा बसिरहेको छ।

उता प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पनि ३ बजे बस्ने गरी विपक्षी दलको बैठक डाकेको छ।

कांग्रेस एमालेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने गृहकार्य अघि बढाएपछि प्रचण्डले विपक्षी दलसँग छलफल गर्न लागिको प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077