Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

उपसभामुखलाई हटाउने षड्यन्त्रको सशक्त प्रतिवाद गर्ने विपक्षी दलको निर्णय

उपसभामुखलाई हटाउने षड्यन्त्रको सशक्त प्रतिवाद गर्ने विपक्षी दलको निर्णय

मंगलवार , भाद्र ३, २०८२

काठमाडौं । संघीय संसद्का विपक्षी दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने षड्यन्त्रको सशक्त प्रतिवाद गर्ने निर्णय गरेका छन् ।

माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार बसेको विपक्षी दलको बैठकले सत्तारुढ दल कांग्रेस र एमालेले उपसभामुखलाई हटाउने षड्यन्त्र गरेको भन्दै सशक्त प्रतिवाद गर्ने निर्णय गरेको हो ।

माओवादी प्रमुख सचेतक हितराज पाण्डेले उपसभामुखलाई हटाउन नहुनेमा सबै विपक्ष दलहरूबीच एकमत रहेको बताए ।

संवैधानिक परिषद्को अवस्थालाई लिएर पटक-पटक उपसभामुखलाई हटाउने प्रयास भएको भन्दै उनले यस्तो कदम राष्ट्रका लागि ठीक नभएको जिकिर गरे ।

त्यस्तै बैठकपछि रास्वपा प्रमुख सचेतक सन्तोष परियारले उपसभामुखलाई हटाउने सत्तारुढ दलको प्रयासका बारेमा छलफल भएको जानकारी दिए ।

उपसभामुखलाई हटाउने र संसदलाई कमजोर पार्ने सत्तारूढ दलको षड्यन्त्रको विपक्षी दलहरू एक भएर प्रतिरोध गर्ने निर्णय गरिएको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077