Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

ट्रम्पले युक्रेनमा अमेरिकी सेना पठाउन गरे अस्वीकार

ट्रम्पले युक्रेनमा अमेरिकी सेना पठाउन गरे अस्वीकार

मंगलवार , भाद्र ३, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच शान्ति सम्झौता भएमा सुरक्षा ग्यारेन्टीअन्तर्गत युक्रेनमा अमेरिकी सेना पठाउने विषयलाई अस्वीकार छन् । 

फक्स न्युजसँगको कुराकानीमा अमेरिकी राष्ट्रपतिले हवाई आक्रमणको सम्भावनालाई संकेत गर्दै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शान्ति प्रक्रियामा सहयोग नगरेमा उनले कठिन अवस्थाको सामना गर्नुपर्ने चेतावनी पनि दिए ।

सोमबार ह्वाइट हाउसमा भोलोदिमिर जेलेन्स्की, ट्रम्प र युरोपेली नेताहरूबीच भएको वार्तापछि ट्रम्पको यो भनाइ आएको हो ।

ट्रम्पले भने, “युक्रेनमा अमेरिकी सेना जमिनमा रहने छैन ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077