Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सीमामा शान्ति र स्थिरता कायम राख्ने मोदी र चिनियाँ विदेशमन्त्रीबीच प्रतिबद्धता

सीमामा शान्ति र स्थिरता कायम राख्ने मोदी र चिनियाँ विदेशमन्त्रीबीच प्रतिबद्धता

बुधवार , भाद्र ४, २०८२

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार चीनका विदेशमन्त्री वाङ यीसँगको भेटवार्तामा भारत–चीन सीमामा शान्ति र स्थिरता कायम राख्नु पर्नेमा जोड दिएका छन् ।

उनले सीमा विवादको निष्पक्ष, तर्कसंगत र दुवै पक्षका लागि स्वीकार्य समाधानप्रति भारत प्रतिबद्ध रहेको दोहोर्‍याएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ नीतिपछि भारत र चीनबीचको सम्बन्धले नयाँ दिशा लिएको छ । यसअघि वाङ यीले मंगलबार राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँगको भेटवार्तामा मोदीले यो महिनाको अन्त्यमा चीनको भ्रमण गर्ने पुष्टि गरेका थिए ।

वाङ यीसँगको भेटपछि मोदीले सामाजिक संजालमा गत वर्ष कजानमा राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तापछि भारत–चीन सम्बन्धले एक–अर्काको हित र संवेदनशीलताको सम्मान गर्दै निरन्तर प्रगति गरेको बताए ।

बैठकमा वाङ यीले पछिल्ला केही वर्षमा भारत र चीन दुवैलाई झट्का लागेको र त्यो दुवैको हितमा नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077