Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

भारत र चीनबीच लिपुलेक हुँदै सीमा व्यापार खोल्ने सहमति

भारत र चीनबीच लिपुलेक हुँदै सीमा व्यापार खोल्ने सहमति

बुधवार , भाद्र ४, २०८२

एजेन्सी । भारत र चीनबीच नेपाली भूमि लिपुलेक हुँदै द्विपक्षीय व्यापार सुरु गर्ने सहमति भएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा दुई देशबीच लिपुलेक पास हुँदै सीमा व्यापारलाई सुरु गर्ने सहमति भएको हो।

भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा भारत आएका चिनियाँ विदेशमन्त्री यी र भारतीय विदेशमन्त्रीबीच मंगलबार नयाँ दिल्लीमा भएको द्विपक्षीय वार्तापछि उक्त सहमति भएको भारतीय विदेश मन्त्रालय जनाएको छ।

विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ- 'दुवै पक्ष तोकिएका तीन व्यापारिक बिन्दुहरू लिपुलेक पास, शिपकी ला पास र नाथू ला पास हुँदै सीमा व्यापार पुनः खोल्न सहमत भएका छन्।'

यसअघि पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१५ मा गरेको चीन भ्रमणका क्रममा समेत लिपुलेकबाट व्यापार गर्ने सहमति भएको थियो । त्यसबेला जानकारी नदिई नेपाली भूमिमा व्यापार गर्ने विषयमा भएको सहमतिप्रति नेपालद्धारा विरोध प्रर्दशन भएको थियो ।

लिपुलेक पास नेपालले दाबी गर्दै आएको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमिटर भित्र नेपालतर्फ पर्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077