Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कांग्रेस-एमाले साना दलहरूप्रति प्रतिशोध साँध्न उद्धत छन् : वर्षमान पुन

कांग्रेस-एमाले साना दलहरूप्रति प्रतिशोध साँध्न उद्धत छन् : वर्षमान पुन

बुधवार , भाद्र ४, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सत्तारुढ दुई ठूला दल कांग्रेस र एमालेले प्रतिपक्षमा रहेका साना दलहरूप्रति प्रतिशोध साँध्न उद्धत रहेको आरोप लगाएका छन् ।

कांग्रेस नेता एवं समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरीको तेस्रो स्मृति दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित ‘निष्ठा, नैतिकता र राजनीति’ विषयक विमर्श कार्यक्रममा बोल्दै उनले सो आरोप लगाएका हुन् ।

पुनले राज्य शक्तिको दुरुपयोग रोक्न माग गरे । गल्ती गर्ने जो कोही कानुन र अनुसन्धानभन्दा माथि नहुने भए पनि प्रतिशोध स्वीकार्य हुन नसक्ने उनको भनाइ थियो ।

‘दुई ठूला पार्टीहरू सरकारमा हुनुहुन्छ । तपाईंहरुसँग बढी जिम्मेवारी छ । दुई पार्टी मिलेर साना दलहरुलाई पेल्न र प्रतिशोध साँध्न खोजेको जस्तो देखिएको छ’, पुनले भने ।  

पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले न्यायालय र अख्तियारजस्ता निकायलाई प्रतिपक्षीविरुद्ध दुरुपयोग गर्ने कोसिस भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077