काठमाडौँ । अर्थ मन्त्रालयले एकैपटक ६८ जना उपसचिवको सरुवा र पदस्थापन गरेको छ ।
बुधबार सूचना प्रकाशित गरी अर्थले उपसचिवहरूको सरुवाबारे जानकारी दिएको हो ।
ठूला करदाता कार्यालयका प्रमुख कर अधिकृत विमल सापकोटा मन्त्रालय सरुवा भएका छन् भने मध्यमस्तरीय करदाता कार्यालयका प्रमुख कर अधिकृत जीवनाथ ढकाल पनि अर्थ मन्त्रालयमा आएका छन् ।
यस्तै आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरका प्रमुख कर अधिकृत राजुप्रसाद प्याकुरेल समेत मन्त्रालयमा सरुवा भएका छन् ।