Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कैलालीमा साढे ५ किलो लागूऔषधसहित पाँचजना पक्राउ

कैलालीमा साढे ५ किलो लागूऔषधसहित पाँचजना पक्राउ

शनिवार , भाद्र १४, २०८२

धनगढी । लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा कैलालीबाट पाँचजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरुको साथबाट ४ किलो ६९० ग्राम चरेश र ४ ग्राम ९० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको हो ।

विशेष सूचनाका आधारमा लागूऔषध व्युरो शाखा धनगढी, वडा प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट एक जनालाई पक्राउ गरेको छ ।

बिर बहादुर रावलको साथबाट २ ग्राम ७६० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ। यसैगरी, कैलाली चुरे गाउँपालिका–३ बाट मोहन मल्ललाई शंका लागि चेकजाँच गर्दा उनको मोबाइलको खोलभित्र लुकाइराखेको ५९० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ।

प्रहरीले धनगढी उपमहानगरपालिका–२ मिलनचोकस्थित जयराम होटल एण्ड लज रेष्टुरेन्टमा छापा मार्दा सो होटलका सञ्चालक राम बोहराको साथबाट ५ किलो ६९० ग्राम चरेश फेला पारी बरामद गरेको छ।

यस्तै, धनगढी उपमहानगरपालिका-१२ जुगेडाबाट प्रहरीले दुई जना युवालाई लागूऔषधसहित पक्राउ गरेको छ। विजय विक र प्रदीप रानाको साथबाट ७४० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पाँचै जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077