Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

जनकपुरमा गणेश मूर्ति विसर्जनका क्रममा झडप, अश्रुग्यास प्रहार

जनकपुरमा गणेश मूर्ति विसर्जनका क्रममा झडप, अश्रुग्यास प्रहार

शनिवार , भाद्र १४, २०८२

धनुषा । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० झन्डाचोकमा शनिबार दिउँसो दुई समुदायबीच झडप भएको छ।

सशस्त्र प्रहरीका अनुसार भदौ १४ गते दिउँसो करिब २ः२० बजे गणेशको मूर्ति विसर्जनका क्रममा भएको विवाद झडपमा परिणत भएको हो । घटनामा दुई पक्षबीच ढुंगामुढा समेत भएको थियो।

झडपका क्रममा एकजना स्थानीय घाइते भएको प्रहरीले जनाएको छ ।

स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले केही सेल अश्रुग्यास प्रहार गरेका थिए। हाल घटनास्थलमा थप प्रहरी परिचालन गरिएको र अवस्था नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077