Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

भूमि विधेयक फिर्ताको माग गर्दै आन्दोलनमा उत्रिएका जसपा विद्यार्थी नेता पक्राउ

भूमि विधेयक फिर्ताको माग गर्दै आन्दोलनमा उत्रिएका जसपा विद्यार्थी नेता पक्राउ

शनिवार , भाद्र १४, २०८२

काठमाडौँ । कीर्तिपुरमा भूमि विधेयक फिर्ताको मागसहित आयोजित विरोध प्रदर्शनमा सहभागी भएका जनता समाजवादी पार्टी (जसपा) नेपालका तीन जना विद्यार्थी नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा समाजवादी विद्यार्थी संगठन नेपालका केन्द्रीय अध्यक्ष मनिषकुमार यादव, केन्द्रीय सदस्यहरू विपिनकुमार यादव र सुभाष यादव रहेका छन्।

विद्यार्थी नेताहरूले भूमि विधेयक किसानमाथि अन्यायपूर्ण हुने भन्दै तत्काल फिर्ता गर्नुपर्ने माग राख्दै विरोध गरेका थिए ।

पक्राउपछि कीर्तिपुर क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077