Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

बुढानिलकण्ठबाट अनलाइन सट्टेबाजीमा संलग्न पाँच जना पक्राउ

बुढानिलकण्ठबाट अनलाइन सट्टेबाजीमा संलग्न पाँच जना पक्राउ

शनिवार , भाद्र १४, २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिका–४, बुढानिलकण्ठबाट अनलाइन सट्टेबाजी सञ्चालन गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

घर भाडामा लिएर अनलाइनमार्फत जुवा खेलाउँदै आएको सुराकीका आधारमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा काभ्रेका २२ वर्षीय मोनिक तामाङ, धरानका २२ वर्षीय सरोज लोकान्द्री, काभ्रे तेमाल गाउँपालिकाका २२ वर्षीय अजय लामा, कपन बस्ने २२ वर्षीय उसान लामा र महेन्द्रनगरका १८ वर्षीय आलोक धामी रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ परेका व्यक्तिहरूको स्क्रिनिङ कार्य भइरहेको छ ।

प्रहरीले घटनास्थलबाट सात थान मोबाइल फोन, पाँच थान कम्प्युटर र एक थान ल्यापटप बरामद गरेको छ ।

प्रारम्भिक अनुसन्धानमा उनीहरूले विदेशी नागरिकलाई लक्षित गरेर अनलाइन सट्टेबाजी गराउँदै आएको पाइएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077