Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

घर जाने बेला आईजीपीलाई विवादमा ल्याउने डेढ अर्बको ठेक्का, यसरी हुँदैछ बाँडफाँडको सहमति

घर जाने बेला आईजीपीलाई विवादमा ल्याउने डेढ अर्बको ठेक्का, यसरी हुँदैछ बाँडफाँडको सहमति

आइतवार , भाद्र १५, २०८२

काठमाडौं । प्रहरी महानिरीक्षक दीपक थापाको बुधबार बिदाई समारोह आयोजना गरिएको छ ।

बिदाइ समारोहको अघिल्लो दिन नै प्रहरीको चुस्ता, लत्तापकडा, बुटलगायतका सामानको बोलपत्रको प्राविधिक मूल्यांकन पास गर्न प्रबन्ध निर्देशनालयका आधिकारीहरु रातदिन खटिरहेका छन् ।

प्राविधिक मूल्यांकनमा पास गर्नेवित्तिकै आर्थिक मूल्यांकनमा सहमतिका आधारमा टेण्डर पेश गरेका कारण आफू नजिकका ठेकेदारहरुले काम पाउने निश्चित भएपछि आईजीपी थापाले मंगलबार नै जसरी पनि मूल्यांकन पास गर्न दबाब दिएको स्रोत बताउँछ ।

यसबापत ठूलो आर्थिक चलखेल भएको समेत स्रोत बताउँछ । यो सहमति ठेकेदारको तर्फबाट ज्ञानेन्द्र बस्नेतले गरेको स्रोतको दाबी छ ।

सरकारले भदौ १९ गतेदेखि लागू हुनेगरी बिहीबार नै चन्द्रकुवेर खापुङलाई प्रहरी महानिरीक्षक नियुक्त गरिसकेको छ ।

खापुङ नियुक्त भएपछि विवादित ठेक्का रद्द पनि हुनसक्ने संभावनालाई मध्यनजर गर्दै प्रबन्धका अधिकारीहरु थापााकै पालामा प्राविधिक मूल्यांकन सक्नेगरी रातभर बसी कागजात अध्ययन गरिरहेका छन् ।

झण्डै एक अर्ब २५ करोडको यो ठेक्कामा श्रवण अग्रवाल र टोपेन्द्र बीसीलाई ऊलन पाइन्टको कपडा, पार्का ज्याकेट र कटन सर्टको गरी करिव २५ करोड, राजु थापालाई करिव ८ करोडको ब्ल्यांकेट र पिताम्वर मुन्कालाई अण्डर ट्राउजर भेष्ट ८ करोडको दिने सहमति भएको छ ।

ठेक्कामा सेटिङ गर्ने मुख्य भूमिका निभाएका ठेकेदार ज्ञानेन्द्र बस्नेत आफूले डीएमएस बुट, टप बुट, स्पोर्ट सुज, सादा निलो चुस्ता, क्वेयर म्याट्रेस, पेटीको बक्कल, स्नो बुट, फ्लोरेन्स सस्पेन्सन बेल्ट, रुकस्याक ब्याग गरी ७० करोडको सामान आपूर्ति गर्ने सहमति गराएका छन् ।

स्रोतका अनुसार टेण्डर खोल्नु एक दिनअघि मात्र प्रवन्धका एसपी नवराज मल्लकै अगाडि बस्नेतकै योजनामा टेण्डर बाँडफाँड भएको सहभागी एक ठेकेदारले बताए । प्रहरी भन्दा ठेकेदार बस्नेत नै टेण्डर बाँडफाँडमा हावी भएपछि अन्य ठेकेदारहरु अचम्मित भएका थिए ।

ती ठेकेदार भन्छन्–‘प्रत्येक बर्ष यसरी नै ज्ञानेन्द्र बस्नेतले बढी काम पाउनेगरी ठेक्का बाँडफाँड गरिदै आएको हुँदा प्रहरीले किन नाटक गरी टेण्डर गर्नुपर्यो, सिधै चार जना ठेकेदारलाई बोलाएर काम बाँडिदिए भइहाल्यो नि ।’

नयाँ आउन लागेका सोझा र निष्कलंक आईजीपी चन्द्रकुवेर खापुङले प्रहरीभित्रको यो डरलाग्दो बेथितिलाई रोक्लान कि पारदर्शिता अपनाएर स्वच्छ प्रतिस्पर्धा गराई सस्तोमा गुणस्तरीय सामान खरिद गराउन सक्लान् ? प्रतिक्षाको विषय बनेको छ ।

किनकि यो ठेक्कामा मात्रै ५० करोड घोटाला हुने दावीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि सार्वजनिक खरिद अनुगमन कार्यालयसम्म उजुरी परेको थियो ।

गएको साउन ५ र १२ गते प्रहरीको प्रबन्ध शाखाले विभिन्न सामान खरिदको बोलपत्रमा स्पेशिफिकेसन, क्वालिफिकेसन र क्राइटेरिया बनाउँदा नै पछिल्लो वर्ष काम गरिरहेका सेटिङका ठेकेदारलाई मात्रै मिल्नेगरी बनाइएको आरोप लाग्दै आएको छ ।

ज्ञानेन्द्र बस्नेत, श्रवण अग्रवाल, टोपेन्द्र बीसीलगायत केही ठेकेदारसँग सेटिङ गरी बोलपत्र सूचना निकालेकाले छानबिन गर्न र पुनः टेण्डर गर्न माग गर्दै सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी परेपछि कार्यालयले अनुसन्धान गरी पुनः टेण्डर गर्न निर्देशन दिएको थियो ।

केही ठेकदारलाई मात्र मिल्ने प्रावधान राखेर अघि बढाइएको बोलपत्र सार्वजनिक खरिद अनुगमन कार्यालयको छानबिनपछि संशोधन गरिएको हो । नेपाल प्रहरीले अघि बढाएको ठेक्काको बोलपत्रमा सेटिङ पुष्टि बाहिरिएपछि प्रहरी प्रधान कार्यालयले संशोधन गरेको हो ।

बोलपत्रमा ४५ हजार सेट कम्प्लिट चुस्ता ड्रेस, ४० हजार जोर डीएमएस बुट (ब्ल्याक लेदर बुट), १६ हजार थान पार्का ज्याकेट, पाँच हजार पाँच थान क्यायर म्याट्रेस, ३५ हजार थान मिन्क ब्यांल्केट, ५० हजार मिटर वुमन सर्ट क्लोथ, ३० हजार जोर स्पोर्ट सुज, एक लाख पाँच हजार मिटर कटर्न सर्ट क्लोथ, ८६ हजार मिटर कटन पाइन्ट क्लोथ, ३५ हजार मिटर उलन पाइन्ट क्लोथ माग गरिएको छ ।

त्यस्तै, ११ हजार जोर टोप बुट, १५ हजार सेट ट्य्राकसुट, १२ हजार पाँच सय थान उलन स्वेटर, १५ हजार सेट अण्डर ट्राउजर भेस्ट सेट, आठ हजार थान स्लिपिङ ब्याग, ११ हजार थान पिन्चो, छ हजार पाँचसय थान रुकस्याग ब्याग, एक हजार दुई सय थान स्नो ज्याकेट, १५ हजार थान फ्लोरोसेन्ट सस्पेन्सन बेल्ट माग गरिएको छ ।

त्यसैगरी १५ हजार थान ब्रेट क्यापप, एक हजार दुई सय जोर स्नो बुट, एक हजार पाँच सय थान सिनियर पुलिस ज्याकेट, एक हजार पाँच सय थान बुकेल बेल्ट, १३ हजार पाँच सय थान पीटी भेस्ट, ४३ हजार थान इम्बोइड सिम्बोल फर भेरियस र्याङ्क भनेर माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077