Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सहकारी ठगी प्रकरण : फेरि पक्राउ परे जीबी राईका जेठान बम्जन

सहकारी ठगी प्रकरण : फेरि पक्राउ परे जीबी राईका जेठान बम्जन

आइतवार , भाद्र १५, २०८२

पोखरा । पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन फेरि पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनलाई शनिबार ललितपुरबाट नियन्त्रणमा लिएर आइतबार काठमाडौं प्रहरी परिसरमा बुझाएको हो ।

सिआइबीका अनुसार बमजनमाथि काठमाडौं र कास्की दुवै ठाउँमा छुट्टाछुट्टै मुद्दा रहेकाले पक्राउ गरिएको हो।

गत आइतबार मात्र कास्की जिल्ला अदालतका न्यायाधीश शंकरकुमार राईको इजलासले बम्जनलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

अदालतमा उपस्थित हुँदा उनले सरकारी वकिललाई जानकारी नदिई प्रत्यक्ष उपस्थित भएका थिए ।

जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा दायर गरेको अभियोगपत्रअनुसार बमजनले सहकारी अध्यक्षको हैसियतमा १ करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ अपचलन गरेको आरोप छ।

सहकारीबाट अपचलन भएको कुल १ अर्ब ५१ करोड रुपैयाँ को संयुक्त अभियोग समेत उनीमाथि लागेको छ।

बमजन ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई का जेठान समेत हुन्। उनले राईलाई नै सहकारीमा ल्याएर अध्यक्ष बनाएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077