Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

तराईका जिल्लामा संस्थागत तस्करी : तल्लो तहका कमाण्डर तानिए, डीआईजीहरू राजनीतिक संरक्षणमा

तराईका जिल्लामा संस्थागत तस्करी : तल्लो तहका कमाण्डर तानिए, डीआईजीहरू राजनीतिक संरक्षणमा

आइतवार , भाद्र १५, २०८२

काठमाडौं । दशैंको मुखमा तराईका नाकाबाट सधैं तस्करी बढ्छ । यो वर्ष पनि तस्करी बढ्न थालेको छ । सिडिओ, एसपी र सशस्त्र प्रहरीका अधिकारीसँगको मिलेमतोमै विभिन्न नाकाबाट ठूलो मात्रामा तस्करी भइरहेको स्रोत बताउँछ ।

गृह मन्त्रालयकै लाइनअनुसार यसरी तस्करी बढेको सुरक्षा अधिकारीहरू बताउँछन् । तर, तस्करीमा संलग्न तल्लो तहका सशस्त्र प्रहरीका केही कर्मचारीलाई मात्र कारबाही भएको छ ।

सशस्त्र प्रहरीले एसपीसहित १६ जना कमाण्डरलाई जिम्मेवारीबाट हटाएको सार्वजनिक गरेको छ । तर, डीआईजी र केही शक्तिशाली एसपीहरुलाई भने हटाइएको छैन ।

सशस्त्र प्रधान कार्यालयले आइतबार एक एसपी, एक डीएसपी , सात इन्सपेक्टर, ६ सइ र एक असई गरी १६ जनालाई कमाण्डबाट हटाएको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक सन्तोष कुमार बस्नेतलाई कमाण्डरबाट फिर्ता गरेर सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारीलाई पठाईएको छ । चिनी गोदाममा छापा हान्दा एक ट्रक चिनी नै गायब बनाएको आरोप उनीमाथि छ ।

बारा जिल्लास्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कबहीगोठका सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढा, बिओपी झिटकैया बाराका सशस्त्र प्रहरी नायव निरीक्षक केदार बहादुर परियार, फरवार्ड सुरक्षा बेश बलिरामपुरका सशस्त्र प्रहरी नायव निरीक्षक हरी प्रसाद लम्साल, फरवार्ड सुरक्षा बेश छतवा बाराका सशस्त्र प्रहरी नायव निरीक्षक गणेश गिरी र झरखोर पोष्ट बाराका सशस्त्र प्रहरी सहायक निरीक्षक शिव शंकर प्रसाद चौधरीलाई जिम्मेवारीबाट हटाइएको सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले जनाएको छ ।

यस्तै, पर्सा जिल्लास्थित बोर्डर आउट पोष्ट प्रसौनी भाठ्ठाका सशस्त्र प्रहरी निरीक्षक सन्जीव बानीया क्षेत्री, बिओपी दक्षिण झिटकैयाका सशस्त्र प्रहरी निरीक्षक नरेश सुवाल बाटा, सुरक्षा वेश बहुअर्वाभाठाका सशस्त्र प्रहरी नायव निरीक्षक भिम बहादुर क्षेत्री र फरवार्ड सुरक्षा बेश जयमंगलापुरका सशस्त्र प्रहरी नायव निरीक्षक झक्कु प्रसाद ओलीलाई पनि जिम्मेवारीबाट हटाईएको छ ।

पश्चिम नवलपरासी जिल्लास्थित बोर्डर आउट पोष्ट भुजहवाका सशस्त्र प्रहरी निरीक्षक रुपक नापित र कैलाली जिल्लास्थित प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुका सशस्त्र प्रहरी नायव उपरीक्षक नविन चन्द, बोर्डर आउट पोष्ट कुसुमघाटका सशस्त्र प्रहरी निरीक्षक रामशरण विष्ट, बिओपी फुलबारीका सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र बहादुर चन्द, बिओपी लल्लिपुरका सशस्त्र प्रहरी नायव निरीक्षक मोहन राम मोहर र कञ्चनपुर जिल्लास्थित बोर्डर आउट पोष्ट डोकेबजारका सशस्त्र प्रहरी निरीक्षक सुर्य प्रकाश पन्तलाई समेत जिम्मेवारीबाट हटाईएको हो ।

हाल कोशी प्रदेशमा कुमार न्यौपाने, मधेसमा कृष्ण ढकाल तथा लुम्बिनीमा दिपेन्द्र कुँवर सशस्त्र प्रहरीको बाहिनीपतिका रुपमा कार्यरत छन् ।

उनीहरु गृह मन्त्रालयकै लाइनअनुसार काम गरिरहेका छन् । जसकारण सशस्त्र प्रहरी नेतृत्वले सचेत समेत गराउन सकेको छैन ।

उनीहरुले ठूला व्यापारीहरुसँग मिलेर रातिराति तस्करीको लाइन खोलिरहेको स्रोत बताउँछ । खुद्रे तस्करसँग २/४ सय खाने प्रहरीमाथि भने कारबाही गरेको चर्चा सशस्त्र प्रहरीमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077