काठमाडौं । सशस्त्र प्रहरी बलले नर्सिङ कलेज स्थापना गरेको छ ।
बलम्बुस्थित एपीएफ अस्पताल परिसरमा ‘एपीएफ नेपाल इन्स्टिच्युट अफ हेल्थ साइन्स’ स्थापना गरी यसै शैक्षिक सत्रदेखि नर्सिङ कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।
हाल कलेजमा भर्ना प्रक्रिया चलिरहेको सशस्त्र प्रहरीले जनाएको छ । यो संस्थामार्फत व्यावसायिक दक्षता सम्पन्न स्वास्थ्यकर्मी उत्पादन हुने विश्वास लिइएको छ।
सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले आइतबार नवनिर्मित नर्सिङ कलेजको अवलोकन गरेका छन् ।
आईजीपी अर्यालले कलेजले गुणस्तरीय स्वास्थ्य शिक्षा प्रदान गर्दै समाज र राष्ट्रलाई सेवा पुर्याउने अपेक्षा व्यक्त गरे ।
यस्तै, सशस्त्र प्रहरीले निकट भविष्यमा मेडिकल कलेज स्थापना गर्ने प्रक्रिया पनि अघि बढाइसकेको छ ।