काठमाडौं । भारतीय नेसनल डिफेन्स कलेज (एनडीसी) मा अध्ययनरत विभिन्न राष्ट्रका शिक्षार्थीसहितको अध्ययन भ्रमण टोली आइतबार काठमाडौं आएको छ ।
टोलीले नेपालको जङ्गी अड्डा अवलोकन गर्दै नेपाली सेनाको भूमिका र कार्यसम्पादनबारे जानकारी लिएको छ।
भ्रमणका क्रममा प्रधानसेनापति अशोक राज सिग्देल र भारतीय नेसनल डिफेन्स कलेजका अतिरिक्त सचिव आईआरपीएस रेखा यादवबीच शिष्टाचार भेट भएको थियो ।
भेटमा नेपाली सेनाको कार्यक्षेत्र, जिम्मेवारी तथा द्विपक्षीय सैनिक सम्बन्धबारे छलफल भएको थियो ।
छिमेक अध्ययन यात्राको क्रममा नेपाल आएको टोलीले काठमाडौंका ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरूको अवलोकन गर्ने कार्यक्रमसमेत तय गरिएको छ ।