Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कैलालीबाट झण्डै एक किलो खैरो हेरोइनसहित दुईजना पक्राउ

कैलालीबाट झण्डै एक किलो खैरो हेरोइनसहित दुईजना पक्राउ

सोमवार , भाद्र १६, २०८२

कैलाली । कैलालीमा ९ ग्राम २३० मिलिग्राम खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो र प्रहरी चौकी गेटाबाट खटिएको संयुक्त प्रहरी टोलीले गोदावरी नगरपालिका–१ बिजौरा स्थित माछा पोखरी नजिक चेकजाँच गर्ने क्रममा सोही ठाउँका २७ वर्षीय राजु चौधरीलाई पक्राउ गरेको हो ।

चौधरीले चलाइरहेको से३ प ५१४१ नम्बरको मोटरसाइकलको अगाडिको भाइजर मुनि, ह्यान्डिलको टी गार्ड भित्र ९ ग्राम खैरो हेरोइन लुकाइ राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

त्यसैगरी, इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले टीकापुर नगरपालिका–६ नारायणपुर चोकमा ४१ वर्षीय नारायण डगौरालाई शंकास्पद देखी चेकजाँच गर्दा उनको मुखमै २३० मिलिग्राम खैरो हेरोइन लुकाइ–छिपाइ गरेको अवस्थामा बरामद गरेको हो ।

पक्राउ परेका दुवैजनालाई आवश्यक कारबाहीका लागि प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077