Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

१४ वर्षे बालिका बलात्कार गरेको आरोपमा बोर्डिङका प्रिन्सीपल पक्राउ

१४ वर्षे बालिका बलात्कार गरेको आरोपमा बोर्डिङका प्रिन्सीपल पक्राउ

सोमवार , भाद्र १६, २०८२

काठमाडौं । आफ्नै विद्यालयमा अध्यन गर्ने १४ वर्षिया बालिका बलात्कार गरेको आरोपमा प्रधानध्यपक (प्रिन्सीपल) पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बेलका नगरपालिका–२ कन्चनजंगामा हिमशिखर सामुदायिक ईङ्लिस बोर्डिङका प्रधानध्यापक ४७ वर्षीय युवराज श्रेष्ठ पक्राउ परेका हुन् ।

बालिकालाई जबरजस्ती करणी गरेको भन्दै पीडित बालिकाकी भाउजुले इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा उजुरी दिएपछि श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अरोपित श्रेष्ठले बोडिङ्गकै कार्यालय कोठामा लगेर बालिकालाई बलात्कार गरेको रहस्य खुलेको प्रहरी जनाएको छ ।

पक्राउ परेका श्रेष्ठलाई हाल इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाकै हिरासतमा राखि थप अनुसन्धान कार्य भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077