Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो हो, यसमा मित्रराष्ट्रहरुले दु:ख मान्नुपर्दैन : गृहमन्त्री लेखक

लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो हो, यसमा मित्रराष्ट्रहरुले दु:ख मान्नुपर्दैन : गृहमन्त्री लेखक

सोमवार , भाद्र १६, २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएकाले यसमा छिमकी मित्रराष्ट्रहरुले दुख मान्नु नपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन पर्साले आज गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

गृहमन्त्री लेखकले छिमेकी राष्ट्र भारत र चीनले नेपालको भूमि लिपुलेकलाई द्विपक्षीय व्यापारिक नाका बनाउने गरी गरेको सम्झौतालाई लक्षित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएको आपत्ति सही भएको बताए ।

उनले भने- 'लिम्पियाधुरा, कालापानी र लिपुलेक भूमि नेपालको हो । हामीले हाम्रो भूमिलाई हाम्रो भूमि हो भन्दा कुनै पनि देशसँग हाम्रो सम्बन्ध बिग्रिनुपर्ने कारण छैन। यसमा मित्रराष्ट्र भारत र चीनले पनि चित्त दुखाउनुपर्ने कुनै कुरा छैन । त्यो भूमि हाम्रो हो । यसमा हामी प्रष्ट छौंँ ।'

नेपालको भूमि कुनै पनि राष्ट्रका विरुद्धमा प्रयोग हुन नदिने उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077