Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

नायब सुब्बामा १० प्रतिशत खुला प्रतिस्पर्धा गर्ने सहमति

नायब सुब्बामा १० प्रतिशत खुला प्रतिस्पर्धा गर्ने सहमति

सोमवार , भाद्र १६, २०८२

काठमाडौं । संघीय निजामती सेवामा नायब सुब्बा (नासु) पदमा १० प्रतिशत पद खुला प्रतिस्पर्धाबाट पूर्ति गर्ने व्यवस्था राख्ने सहमति जुटेको छ। राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकमा आज भएको छलफलपछि सो सहमति बनेको हो ।

यसअघि प्रतिनिधिसभाबाट पारित निजामती सेवा विधेयकको प्रतिवेदनमा नासु पदमा १०० प्रतिशत बढुवाबाट पदपूर्ति गर्ने प्रस्ताव गरिएको थियो । तर, राष्ट्रियसभामा पुगेपछि यो व्यवस्था उल्टिएको हो ।

नासु मात्र होइन, सहसचिव पदमा पनि समितिले १० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने सहमति जनाएको छ । यसअघि प्रतिनिधिसभाको प्रतिवेदनमा सहसचिव पदमा खुला प्रतिस्पर्धाको व्यवस्था थिएन ।

यसअघि राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले प्रतिनिधिसभाले पारित गरेको सहसचिव पदको पदपूर्तिको व्यवस्था उल्टाएको थियो ।

विधायन व्यवस्थापन समितिले विधेयक माथिको दफावार छलफलको क्रममा सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धा राख्ने सहमति जुटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077