Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

काठमाडौंबाट ३८ लाख बराबरको भेप बरामद, तीन जना पक्राउ

काठमाडौंबाट ३८ लाख बराबरको भेप बरामद, तीन जना पक्राउ

सोमवार , भाद्र १६, २०८२

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठूलो परिमाणमा विद्युतीय चुरोट ‘भेप’ सहित तीन जनालाई पक्राउ गरेको छ।

आइतबार चम्तीबाट ३८ लाख रुपैयाँ बराबरको भेपसहित तीन जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ घर भएका ४० वर्षीय निमा छिरिङ शेर्पा, मेलम्ची नगरपालिका–७ घर भएका ५२ वर्षीय रामबहादुर गुरुङ र सोलुखुम्बुको थुलुङ गाउँपालिका–४ का ४२ वर्षीय कृष्णबहादुर गुरुङ छन् ।

पक्राउ परेकाहरूलाई भेपसहित राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको छ। उनीहरूले रमेश श्रेष्ठको घरको भुइँ तलाको कोठामा उक्त भेप भण्डारण गरेर राखेका थिए ।

भन्सार छलेर उक्त भेप चीनबाट नेपाल भित्र्याइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077