Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सोलुखुम्बुको थामेमा फेरि बाढी : ५ घर बगे, ६ घरमा आंशिक क्षति

सोलुखुम्बुको थामेमा फेरि बाढी : ५ घर बगे, ६ घरमा आंशिक क्षति

सोमवार , भाद्र १६, २०८२

सोलुखुम्बु । लगातारको वर्षापछि थामे खोलामा आएको आकस्मिक बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित बस्तीमा ठूलो क्षति पुर्‍याएको छ ।

गए रातिदेखि निरन्तर परेको वर्षाका कारण खोलाको धार परिवर्तन भई गाउँ पस्दा ५ वटा घर पूर्ण रूपमा बगाएको र ६ घर आंशिक क्षतिग्रस्त भएका हुन् ।

बाढीका कारण क्षेत्रको विद्युत् आपूर्ति र सञ्चार सेवा अवरुद्ध भएको छ । उद्धार तथा राहत कार्यमा स्थानीयवासीसँगै सुरक्षा निकाय र सरोकारवाला निकायहरू परिचालित छन् ।

वर्षा अझै जारी रहेकाले थप क्षतिको उच्च सम्भावना रहेको बतायएको छ । गत वर्ष भदौ महिनामा पनि थामे खोलामा आएको आकस्मिक बाढीले २० भन्दा बढी घर बगाएको स्मरणीय घटना अझै ताजा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077