काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानअनुसार सेन्ट्रल अफ्रिकन रिपब्लिकमा शान्ति स्थापना कार्यमा खटिएका नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ ।
सैनिक प्रहरी युनिट (शान्ति सेना) दसौँ डफ्फाको कार्यकाल पूरा भएपछि ११औँ डफ्फाका ७१ जना शान्ति सैनिक १५ भदौमा मिसन इलाका प्रस्थान गरेका छन् ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार दसौँ डफ्फाका सैनिकहरू आफ्नो कार्यकाल सम्पन्न गरी १५ भदौमा स्वदेश फर्किएका छन् । अदलीबदलीसँगै सेन्ट्रल अफ्रिकन रिपब्लिकमा नेपाली शान्ति सैनिकको निरन्तर उपस्थिति कायम भएको छ ।
हाल उक्त मिसनमा नेपाली सेनाका १ हजार २ सय ३९ जना शान्ति सैनिक तैनाथ छन् । उनीहरू सुरक्षा, स्थायित्व र शान्ति स्थापना कार्यमा महत्वपूर्ण योगदान पुर्याइरहेको सेनाले जनाएको छ।