Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

भारतले अमेरिकी सामानमा आयात शुल्क शून्यमा झार्ने प्रस्ताव गरेको ट्रम्पको दाबी

भारतले अमेरिकी सामानमा आयात शुल्क शून्यमा झार्ने प्रस्ताव गरेको ट्रम्पको दाबी

सोमवार , भाद्र १६, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अमेरिकी सामानमा लगाइने आयात शुल्क शून्यमा झार्ने प्रस्ताव गरेको दाबी गरेका छन् । तर उनले यो कदम ढिलो आएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै ट्रम्पले भारत–अमेरिका व्यापारलाई दशकौँदेखि “पूर्णतया एकतर्फी सम्बन्ध” भएको उल्लेख गरे। उनका अनुसार, भारतले अमेरिकालाई आफ्नो सबैभन्दा ठूलो ग्राहक बनाए पनि अमेरिकाले भारतमा सामान बेच्न निकै कठिनाइ भोगिरहेको छ।

“हामी भारतसँग धेरै कम व्यापार गर्छौं, तर भारत हामीसँग धेरै व्यापार गर्छ। अहिलेसम्म यो एकतर्फी विपत्ति जस्तै रह्यो,” ट्रम्पले भने । उनले अमेरिकी व्यवसायी अझै पनि भारतमा आफ्नो उत्पादन बेच्न सक्षम नभएको र भारतले अन्य देशको तुलनामा अमेरिकामाथि अत्यधिक शुल्क लगाउँदै आएको आरोप लगाए।

उनले थपे, “भारतले आफ्नो अधिकांश तेल र सैन्य उत्पादन रुसबाट किन्छ, तर अमेरिकाबाट निकै कम खरिद गर्छ। अब शुल्क शून्यमा झार्ने प्रस्ताव आएको छ, तर यो वर्षौं अघि नै गर्नुपर्ने थियो।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077