Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

आजदेखि दसैँका लागि अनलाइनबाट खसीबोका बुकिङ गर्न सकिने

आजदेखि दसैँका लागि अनलाइनबाट खसीबोका बुकिङ गर्न सकिने

मंगलवार , भाद्र १७, २०८२

काठमाडौं । दसैँका लागि आजदेखि अनलाइनबाटै खसीबोका बुकिङ गर्न सकिने भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँमा खसीबोका तथा च्यांग्रा अनलाइनबाटै बुकिङ गर्न सकिने व्यवस्था गरेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी खरिद विभागले दसैँलाई लक्षित गरेर बुकिङ प्रणाली बनाएको जानकारी दिएको छ ।

खाद्यको अनलाइनमा गएर खसीबोका वा च्यांग्रा के बुकिङ गर्ने हो क्लिक गरेर चार हजार रुपैयाँ तिरेर बुकिङ गर्न सकिनेछ । च्यांग्राको पाँच हजार तिर्नुपर्नेछ । खल्ती वा इसेवा एपबाट पैसा तिर्न सकिनेछ ।

अनलाइनमा आएको बुकिङ अनुसार खाद्यले खसीबोका र च्यांग्रा ल्याउने छ । एक जनाले पाँचदेखि दशवटा सम्म बुकिङ गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077