Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

लिपुलेकबारे बास्कोटाको टिप्पणी - चीनले सिकारलाई सिकारीसँगै न्याय माग्न जाऊँ भन्यो, लडाइँ जारी राख्न पर्छ

लिपुलेकबारे बास्कोटाको टिप्पणी - चीनले सिकारलाई सिकारीसँगै न्याय माग्न जाऊँ भन्यो, लडाइँ जारी राख्न पर्छ

मंगलवार , भाद्र १७, २०८२

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले लिपुलेकका विषयमा चीनले चलाखीका साथ नेपाललाई पन्छाएको टिप्पणी गरेका छन् । मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले नेपालले ढुक्कसाथ आफूमाथि अतिक्रमण भएको प्रष्ट अडान राखे पनि चीनले सिकारलाई सिकारीसँगै न्याय माग्न जाऊ भनेजस्तो गरी प्रतिक्रिया दिएको उल्लेख गरे ।

‘विना ‘चिप्लोमेसी’ भन्दा लिपुलेकका विषयमा नेपालले ढुक्कसाथ आफूमाथि अतिक्रमण भएको प्रस्ट अडान राख्यो,’ बास्कोटले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चीनले चलाखीसाथ पन्छाएन मात्र सिकारलाई सिकारी सँगै न्याय माग्न जाऊ भन्यो।’

बास्कोटाले यस्तोमा न्याय पाउने संभवाना कम भएपनि कूटनीतिक लडाई जारी राख्नु पर्ने बताए । ‘भारतले त नेपालको दाबी ठाडै खारेज गरेकै छ । इतिहासका कमजोरी सच्याउन समय लाग्छ,कूटनीतिक लडाइँ जारी राख्न पर्छ,’ उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077