Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कपिलवस्तुमा शंकास्पद वस्तु फेला

कपिलवस्तुमा शंकास्पद वस्तु फेला

मंगलवार , भाद्र १७, २०८२

कपिलवस्तु । कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका–१ रङ्गपुरतर्फ जाने जमुवार खोला पुलमा शंकास्पद वस्तु फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार मंगलबार बिहान शंकास्पद वस्तु फेला परेको हो । स्थानीयवासीले पुलमाथि रातो कपडाले बेरिएको वस्तु देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए ।

जानकारी पाएलगत्तै प्रहरीको टोली घटनास्थल पुगेको छ । प्रहरीका अनुसार घटनास्थलमा थप अनुसन्धानका लागि नेपाली सेनाको टोली समेत केहीबेरमै पुग्ने तयारी भइरहेको छ।

शंकास्पद वस्तु सुरक्षित रुपमा डिस्पोज गरिने र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077