Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

आफ्नो जालमा आफैं फस्दै सशस्त्र प्रहरीका एआईजी दाहाल

आफ्नो जालमा आफैं फस्दै सशस्त्र प्रहरीका एआईजी दाहाल

मंगलवार , भाद्र १७, २०८२

काठमाडौं । सशस्त्र प्रहरीभित्र ६ महिनाअघि नै नयाँ नेतृत्वका लागि अन्तरसंघर्ष सुरु भइसककेो छ। आगामी बैशाखमा आईजीपी राजु अर्याल अवकाशमा जानेमा उनीपछि आईजीपी हुनका लागि अस्वस्थ गतिविधि देखिएका छन् ।

यद्यपी सशस्त्र प्रहरी ऐन संसदबाट पारित भएमा भने नयाँ नेतृत्व त्यसअघि नै छनोट हुन सक्छ । हाल संसदमा रहेको सशस्त्र प्रहरीको विधेयकमा आईजीपीको पदावधि तीन वर्ष राखिएको छ ।

हालका आईजीपी अर्यालको पदावधि तीन वर्ष पाँच महिना भइसकेको छ। त्यस्तै, विधेयकमा एआईजीको पनि पदावधि तीन वर्ष राखिएको छ ।

सशस्त्र प्रहरी प्रधान कार्यालयले चार वर्ष नै राखेकोमा पछि गृहबाट चलखेल भइ तीन वर्षमा झारिएको थियो । स्रोतका अनुसार सशस्त्र प्रहरीका एआईजी बंशी दाहालको चलखेलका कारण त्यसरी एआईजीको पदावधि घटाइएको हो ।

त्यसरी पदावधि घटाउँदा सिनियर एआईजी नारायणदत्त पौडेल सोही कारण अवकाशमा जाने र आफु आईजीपीको दाबेदार हुने रणनीतिका साथ उनले अनेक चलखेल गरेर गृह मन्त्रालयलाई नै प्रभावित पारेका थिए ।

तर, यसरी गलत नियतले बुनिएको जालमा अब दाहाल आफैं फस्ने अवस्थामा पुगेका छन् । आगामी असोजमा उनको पनि एआईजीको तीन वर्षे पदावधि पुरा हुँदैछ । सशस्त्र प्रहरी विधेयक एक महिनाभित्र पास हुने कुनै सम्भावना छैन ।

आगामी हिउँदे अधिवेशनमा बिधेयक पास भएमा पौडेलसँगै दाहाल पनि अवकाशमा जानेछन् । त्यो अवस्थामा अर्का एआईजी गणेश ठाडामगर बैशाखपछि आईजीपी हुने सम्भावना देखिएको सशस्त्र प्रहरी अधिकारी बताउँछन् ।

विगतमा तीन वर्षे सेवाअवधि राख्न दौडधुप गरेका दाहाल अब त्यो राख्नुहुन्न भनेर लबिइङ गर्नुपर्ने अवस्थामा पुगेका छन् । जसकारण पछिल्लो समय उनको शिर निहुरिएको छ ।

तीन वर्षअघि चलखेलकै आधारमा दरबन्दी थपेर उनी एआईजी भएका थिए । काठमाडौंको एक गणमा हुँदा काण्डमा परेका दाहाल कोशी प्रदेशमा हुँदा तस्करीका कारण बदनाम भएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077