Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सी जिनपिङलाई पुटिनले भने - हामी त्यतिबेला पनि सँगै थियौं र अहिले पनि सँगै छौं

सी जिनपिङलाई पुटिनले भने - हामी त्यतिबेला पनि सँगै थियौं र अहिले पनि सँगै छौं

मंगलवार , भाद्र १७, २०८२

एजेन्सी । चीनका राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच चीनको सबैभन्दा ठूलो सैन्य परेडको पूर्वसन्ध्यामा बेइजिङमा द्विपक्षीय बैठक सम्पन्न भएको छ ।

भेटमा पुटिनले चीन–रूस सम्बन्धलाई ‘अभूतपूर्व स्तर’ मा पुगेको भन्दै दुई देशबीचको रणनीतिक सहकार्यलाई बलियो बनाउन प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, “हाम्रो निकट अन्तरक्रियाले रणनीतिक सम्बन्धलाई प्रतिबिम्बित गर्दछ। प्रिय मित्र, म र सम्पूर्ण रूसी प्रतिनिधिमण्डल फेरि भेट्न पाउँदा धेरै खुसी छौं । हामी त्यतिबेला पनि सँगै थियौं र अहिले पनि सँगै छौं ।”

राष्ट्रपति सी जिनपिङले चीन–रूस सम्बन्धले अन्तर्राष्ट्रिय परिवर्तनहरूको चुनौती पार गरेको उल्लेख गर्दै थपे, “चीन अझ न्यायपूर्ण र समतामूलक विश्वव्यापी शासन प्रणाली निर्माण गर्न रूससँग काम गर्न इच्छुक छ।”

यो भेटवार्ता दोस्रो विश्वयुद्धको अन्त्यमा जापानले चीनमा आत्मसमर्पण गरेको ८०औँ वार्षिकोत्सवको अवसरमा बुधबार आयोजना हुने चीनकै इतिहासकै सबैभन्दा ठूलो सैन्य परेडअघि सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077