Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

डीआईजी बिकले गरे मातहत कार्यालय प्रमुखसँग सम्झौता, भने - सेवा चुस्त-दुरुस्त बनाउनू

डीआईजी बिकले गरे मातहत कार्यालय प्रमुखसँग सम्झौता, भने - सेवा चुस्त-दुरुस्त बनाउनू

मंगलवार , भाद्र १७, २०८२

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) डम्बर बहादुर बिकले आम नागरिकले प्रत्यक्ष अनुभव गर्ने गरी प्रहरी सेवा प्रदान गर्न निर्देशन दिएका छन् ।

आइतबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा मातहतका विभिन्न कार्यालय प्रमुखबीच वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्दै डीआईजी बिकले यस्तो निर्देशन दिएका हुन् ।

सम्झौतामा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुर, सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल, बिपद व्यवस्थापन गुल्म महेन्द्रनगर, प्रहरी विद्यालय धनगढी लगायतका प्रमुखहरूको भौतिक उपस्थिति रहेको थियो ।

त्यस्तै दिपायलस्थित तालिम केन्द्र तथा डोटी, अछाम, बझाङ, बाजुरा, दार्चुला, बैतडी र डडेल्धुराका जिल्ला प्रहरी प्रमुखहरूले भर्चुअल रुपमा सहभागिता जनाएका थिए।

कार्यक्रममा मातहत कार्यालयका प्रमुखहरूले उपलब्धिमूलक, पारदर्शी र परिणाममुखी सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै तोकिएका लक्ष्यहरू पुरा गर्ने वाचा गरेका थिए।

यस अवसरमा प्रदेश प्रहरी प्रमुख बि।क। ले सम्झौतालाई नेपाल प्रहरीको काम कारबाहीको “मेरुदण्ड” को रूपमा लिइएको बताउँदै, सम्झौताको प्रभावकारी कार्यान्वयनमा आजैदेखि सक्रिय बन्न निर्देशन दिए ।

उनले नागरिकले प्रत्यक्ष अनुभव गर्न सक्ने गरी सेवा चुस्त-दुरुस्त बनाउनुपर्ने आवश्यकता औंल्याउँदै कार्यसम्पादन सम्झौता नै प्रमुख मूल्यांकनको आधार हुने बताए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी अधिकृतहरूको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077