Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

डोनाल्ड ट्रम्प भन्छन् - चीनलाई हाम्रो आवश्यकता बढी छ

डोनाल्ड ट्रम्प भन्छन् - चीनलाई हाम्रो आवश्यकता बढी छ

बुधवार , भाद्र १८, २०८२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, रुस र उत्तर कोरियाबीच बढ्दो नजिकताले अमेरिकालाई चुनौती दिन सक्ने दाबीलाई अस्वीकार गरेका छन् ।

ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “चीनलाई हाम्रो आवश्यकता हामीलाई चीनको भन्दा धेरै छ। मेरो र राष्ट्रपति सी चिनफिङबीच राम्रै सम्बन्ध छ।”

यसैबीच, चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार बेइजिङमा हुने ‘विजय दिवस’ परेडमा विश्व नेताहरूलाई आतिथ्य गरेका छन् । परेडलाई चीनको सैन्य शक्ति प्रदर्शनको रूपमा हेरिएको छ ।

उक्त समारोहमा रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ उन पनि सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077