बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन कहिल्यै पनि कुनै धम्की दिने व्यक्तिबाट नडराउने भन्दै सधैं अगाडि बढ्ने प्रतिज्ञा गरेका छन् ।
दोस्रो विश्वयुद्धमा जापानले चीनमा आत्मसमर्पण गरेको ८० औं वार्षिकोत्सवको अवसरमा आयोजित भव्य सैन्य परेडलाई सम्बोधन गर्दै उनले भने, “इतिहासले देखाएको छ, चीनलाई धम्की दिनेहरू पतन भएका छन्। हामी नयाँ यात्रा र नयाँ युगतर्फ अघि बढिरहेका छौं।”
चीनको अहिलेसम्मकै सबैभन्दा ठूलो भनिएको उक्त परेडमा अत्याधुनिक हतियार र सैन्य क्षमता प्रदर्शन गरिएको थियो। यसलाई चीनले आफ्नो सैन्य शक्ति र रणनीतिक सन्देश प्रकट गर्ने अवसरका रूपमा उपयोग गरेको अन्तर्राष्ट्रिय विश्लेषकहरूको भनाइ छ।
परेड अघि सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उन पहिलोपटक सार्वजनिक रूपमा एउटै मंचमा देखिएका थिए ।