Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

स्याउका गाडी रोकेर किसानसँग एक सय रुपैयाँ घुस लिने गरेको पाइयो : सांसद शाही

स्याउका गाडी रोकेर किसानसँग एक सय रुपैयाँ घुस लिने गरेको पाइयो : सांसद शाही

बुधवार , भाद्र १८, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले जुम्लाबाट ल्याएको गाडीलाई कतै पनि चेक नगर्न गृहमन्त्रीसँग आग्रह गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा आफ्ना कुरा राख्दै उनले सो आग्रह गरेका हुन् । उनले ठाउँठाउँमा स्याउका गाडी रोकेर किसानसँग एक सय रुपैयाँ घुस लिने गरेको पाइएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराए ।

उनले भने ‘जुम्लाबाट अफिम होइन, स्याउ आउँछ अनावश्यक चेकजाँच गरेर दुःख नदिइयोस् ।’

जुम्लाबाट आउने बाटो चार दिनदेखि बन्द गरेकाले बाटो निर्माणका लागि तगारुकता देखाउन भौतिक पूर्वाधारमन्त्रीसँग उनले अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077