Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

मस्कोमा जेलेन्स्कीसँग भेट्न तयार छु : पुटिन

मस्कोमा जेलेन्स्कीसँग भेट्न तयार छु : पुटिन

बुधवार , भाद्र १८, २०८२

एजेन्सी । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग मस्कोमै भेटवार्ता गर्न आफू इच्छुक रहेको बताएका छन् ।

चीनको राजधानी बेइजिङमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पुटिनले यस्तो बताएका हुन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई युक्रेनी समकक्षीसँग प्रत्यक्ष वार्तामा बस्न आग्रह गरेको जानकारी दिए ।

पुटिनले आफ्नो सम्बोधनमा भने, ‘मैले जेलेन्स्कीसँग भेट्ने विकल्पलाई कहिल्यै अस्वीकार गरेको छैन। तर यस्तो भेटको वास्तविक उपयोग के हुनेछ भन्ने प्रश्नचिह्न भने अझै कायम छ ।’

उनका अनुसार, वार्ताले ठोस नतिजा ल्याउने ग्यारेन्टी नभएको स्थितिमा भेटवार्ताको उद्देश्य र अर्थमाथि विचार गर्नुपर्ने हुन्छ ।

यता, पुटिनको यो प्रस्तावलाई युक्रेनले अस्वीकार गर्ने लगभग निश्चित देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077