Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

बेइजिङमा पुटिनसँग वार्तापछि किमले प्रयोग गरेको गिलासै बोकेर लगियो, सबै निसान मेटाइयो

बेइजिङमा पुटिनसँग वार्तापछि किमले प्रयोग गरेको गिलासै बोकेर लगियो, सबै निसान मेटाइयो

बुधवार , भाद्र १८, २०८२

बेइजिङ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले बुधबार चीनको राजधानी बेइजिङमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन्। तर भेटवार्ता सकिएलगत्तै भएको दृश्यले धेरैलाई चकित पारेको छ।

डेली मेलका अनुसार, बैठकपछि किम जोङका गार्डहरूले उनले प्रयोग गरेको गिलास आफूसँगै लगे । त्यतिमात्र होइन, किम बसेको कुर्सी र टेबल पनि सावधानीपूर्वक सफा गरिएको थियो ।

रुसी पत्रकार अलेक्ज्यान्डर युनासेभका अनुसार बैठकपछि कुर्सी, टेबल र वरपरका सामान यसरी सफा गरिएको थियो कि किमका कुनै निसान बाँकी रहेन ।

विज्ञहरूको अनुमानअनुसार यो रुस वा चीनको जासुसीबाट बच्न गरिएको प्रयास हुन सक्छ वा किमले आफ्नो स्वास्थ्य जानकारी लुकाउन चाहन्छन्।

औँलाको छाप, दिसा र पिसाबबाट कुनै पनि नेताको डीएनए रस्वास्थ्यसँग सम्बन्धित गोप्य जानकारी पत्ता लगाउन सकिन्छ । विज्ञहरूले यसलाई किमको अत्यधिक सावधानीको परिणाम भन्दै अनुमान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077