Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

अदालतले ट्रम्प प्रशासनको निर्णय उल्ट्यायो, हार्वर्डको करोडौं डलर फन्ड सुरक्षित !

अदालतले ट्रम्प प्रशासनको निर्णय उल्ट्यायो, हार्वर्डको करोडौं डलर फन्ड सुरक्षित !

बिहिवार , भाद्र १९, २०८२

एजेन्सी । अमेरिकी संघीय अदालतले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनद्वारा हार्वर्ड विश्वविद्यालयलाई रोकिएको करिब दुई अर्ब डलरको अनुसन्धान फन्ड पुनः सुचारु गर्ने आदेश दिएको छ ।

बोस्टनस्थित संघीय न्यायाधीश एलिसन बरोजले बुधबार दिएको फैसलामा सरकारले फन्ड रोक्दा विश्वविद्यालयको वाक स्वतन्त्रताको अधिकार हनन भएको ठहर गर्दै उक्त निर्णय खारेज गरेकी हुन्।

गत अप्रिलमा ट्रम्प प्रशासनले हार्वर्डलाई यहुदी विरोधी गतिविधि, उग्र वामपन्थी विचारधारा र जातीय पूर्वाग्रह बढाएको आरोप लगाउँदै फन्ड कटौती गरेको थियो। तर अदालतले संविधानको प्रथम संशोधनविपरीत कदम उठाइएको ठहर गर्दै फन्ड रोकिन नहुने स्पष्ट पारेको हो।

यो फैसला हार्वर्डका लागि ठूलो कानुनी विजय मानिएको छ। यद्यपि यसको विरुद्धमा पुनरावेदन हुने सम्भावना रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077