Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सामाजिक सञ्जाल बन्द हुने एमाले महासचिव पोखरेलको संकेत

सामाजिक सञ्जाल बन्द हुने एमाले महासचिव पोखरेलको संकेत

बिहिवार , भाद्र १९, २०८२

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा सूचीकरण हुन नआएका सामाजिक सञ्जालहरू बन्द हुन सक्ने संकेत गरेका छन् ।

नेपाल सरकारले फेसबुक, युट्युब, इन्स्टाग्राम, एक्सलगायत सामाजिक सञ्जाललाई दर्ता गर्न दिएको सात दिनको समयसीमा बुधबार मध्यराति सकिएको छ ।

सो क्रममा महासचिव पोखरेलले सामाजिक सञ्जाल बन्द हुँदा समाजमा असल परम्परा पुनर्स्थापित गर्ने अवसर मिल्ने टिप्पणी गरेका हुन् ।

पोखरेलले सामाजिक सञ्जाल प्रयोगकर्तालाई सन्देश दिँदै लेखेका छन्, “सामाजिक सञ्जाल बन्द भइ नखुल्दासम्म त्यसले खलबल्याइदिएका असल सामाजिक परम्पराहरू पुनःस्थापित गर्ने कोसिस गरौँ। सुखद अनुभूति हुनेछ।”

यसअघि सरकारले तोकिएको समयमा सूचीकरण नगरिएका सामाजिक सञ्जाललाई क्रमशः बन्द गर्दै लैजाने चेतावनी दिएको थियो। दर्ता प्रक्रिया पूरा गर्ने समय सकिएकाले आज मन्त्रिस्तरीय बैठकबाट सम्बन्धित निर्णय हुने उच्च स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077