काठमाडौं । सरकारले सूचीकरण नभएका सामाजिक सञ्जालहरू आजैदेखि बन्द गर्ने निर्णय गरिसकेको छ ।
सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङसहितको बैठकले बिहीबार फेसबुकलगायत सूचीकरण नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको यस निर्णयसँगै अब कुन–कुन सामाजिक सञ्जाल नेपालमा चलाउन सकिन्छ भन्ने विषयमा भन्नेबारेमा व्यापक चासो बढेको छ।
मन्त्रालयका अनुसार हालसम्म टिकटक, भाइबर, निम्बुज, वीटक र ओपोलाइभ गरी पाँच वटा प्लेटफर्महरू बन्द हुने छैनन् । मन्त्रालयका अनुसार टेलिग्राम र ग्लोबल लिंक दर्ताको प्रक्रियामा छन् ।
ती बाहेकका अन्य सामाजिक सञ्जालहरू बन्द हुने जनाइएको छ । मन्त्रालयले सर्वोच्च अदालतको आदेश पालन गर्दै सूचीकरणका लागि नआएका प्लेटफर्मलाई नेपालभर प्रयोग गर्न रोक लगाइने विज्ञप्तिमार्फत जानकारी दिएको छ।
यी हुन सूचीकृत नभएका सञ्जाल
– फेसबुक
– म्यासेन्जर
– इन्स्टाग्राम
– युट्युब
– ह्वाट्सएप
– ट्वीटर
– इमो
– जालो
– सोल
– हाम्रो पात्रो
– लिंक्ड इन
– स्न्याप च्याट
– रेडिट
– डिस्कर्ड
– पिन्ट्रेस्ट
– सिग्नल
– थ्रेड
– वी च्याट
– कोरा
– सम्ब्लर
– क्लब हाउस
– मास्टर डन
– रम्बल
– मि वी
– मि भिके
– लाइन