Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सामाजिक सञ्जाल बन्द गर्नु गलत, सरकार उल्टो बाटो हिँड्यो : गगन थापा

सामाजिक सञ्जाल बन्द गर्नु गलत, सरकार उल्टो बाटो हिँड्यो : गगन थापा

बिहिवार , भाद्र १९, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने तयारी तत्काल फिर्ता लिन आग्रह गरेका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै थापाले सरकारले सर्वोच्च अदालतको आदेशको मर्मविपरीत गएर निर्देशिकाको आधारमा प्रतिबन्ध लगाउन खोजेको आरोप लगाए ।

उनका अनुसार सर्वोच्च अदालतले सामाजिक सञ्जालमा हुने अनिच्छित सामग्री नियन्त्रण र दुरुपयोग रोकथामका लागि कानुनी प्रबन्ध गर्न भनेको हो, तर सरकारले त्यसको हवाला दिँदै प्रतिबन्धको बाटो रोज्नु गलत हो।

“निर्देशिकाको भरमा सामाजिक सञ्जाल बन्द गर्ने होइन, बरु आवश्यक कानुन छिटो बनाउने हो,” थापाले भने। उनले सामाजिक सञ्जालसम्बन्धी कानुन राष्ट्रियसभामा विचाराधीन रहेको भन्दै छिटो टुंग्याएर उपयुक्त कानुन बनाउन सरकारलाई सुझाव दिए।

थापाले सामाजिक सञ्जाल आजको दिनमा अभिव्यक्ति स्वतन्त्रता, सार्वजनिक बहस र सरकारलाई जवाफदेही बनाउन नागरिकको मुख्य मञ्च बनेको उल्लेख गर्दै यसमाथिको कुनै पनि प्रतिबन्धले नागरिक अधिकार संकुचित हुने चेतावनी दिए।

उनले सामाजिक सञ्जाल दैनिक जीवन, सामाजिक सम्बन्ध, उद्यमशीलता र डिजिटल अर्थतन्त्रसँग गहिरो रूपमा जोडिएको बताउँदै सरकारले प्रतिबन्धको सट्टा सुरक्षित प्रयोग र दुरुपयोग रोकथामका लागि प्रभावकारी कानुन बनाउन तदारुकता देखाउनुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077